Like us!
Follow us!
Connect us!
Watch us!

लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, ६ अर्ब २९ लाखको कारोबार

अर्थ संसार

आइतबार, २३ असार २०८१, १५ : १८ मा प्रकाशित

लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, ६ अर्ब २९ लाखको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अकंले बढेर २१४०.९७ बिन्दुमा बन्द भएको छ । आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको  सेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७१ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको  सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् । फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ५.५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको