Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ % छुट

अर्थ संसार

आइतबार, २३ असार २०८१, १७ : ०६ मा प्रकाशित

सूर्यज्योति लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ % छुट

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । 

कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि तोकेको थियो । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटहरुबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । विलम्ब शुल्कमा छुट बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले बताएको छ ।

साथै, पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने तथा २०८२ असार २१ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट लागु नहुने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको