Like us!
Follow us!
Connect us!
Watch us!

सम्पदा लघुवित्तको वित्तीय कारोबार असार ३० गतेदेखि,

अर्थ संसार

सोमबार, २४ असार २०८१, ११ : २९ मा प्रकाशित

सम्पदा लघुवित्तको वित्तीय कारोबार असार ३० गतेदेखि,

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले आगामी असार ३० गतेबाट एकीकृत वित्तीय कारोबार शुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुबै कम्पनीले एकीकृत वित्तीय कारोबार गर्न लागेका हुन् ।  नेपाल राष्ट्र बैंकले सम्पदा लघुवित्त वित्तीय संस्थालाई अनुमति दिएको हो।

मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ। एकीकृत कारोबार सुरू भएसँगै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन्।

एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेशन गर्नुपर्ने भएकाले असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने संस्थाले जनाएका छन्। साधना र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने गत बैशाख १२ गते अन्तिम सम्झौता भएको थियो।

दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको