Like us!
Follow us!
Connect us!
Watch us!

रेकर्ड मूल्यबाट तल झर्‍यो सुनको मूल्य, चाँदीको स्थिर

अर्थ संसार

सोमबार, २४ असार २०८१, ११ : ४२ मा प्रकाशित

रेकर्ड मूल्यबाट तल झर्‍यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार १ हजार रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूलय आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला  १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला  १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनी चाँदी  सोही मूल्यमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको