Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य करेक्सन, ४ अर्ब ५६ करोडको कारोबार

अर्थ संसार

सोमबार, २४ असार २०८१, १५ : २१ मा प्रकाशित

नेप्सेमा सामान्य करेक्सन, ४ अर्ब ५६ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६.०१ प्रतिशतका दरले कमाएका छन् । दोर्दी जलविद्युतका इकाईधनीले ५.०३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको