Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अकंले बढ्यो नेप्से,५ अर्ब ५३ करोडको कारोबार

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १५ : १९ मा प्रकाशित

दोहोरो अकंले बढ्यो नेप्से,५ अर्ब ५३ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७९ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १३ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गणपछि लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई लघुवित्तका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन्। युनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट स्किम ग्रोथ २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको