Like us!
Follow us!
Connect us!
Watch us!

२२ सय बिन्दुको लक्ष्य ताक्दै नेप्से,५ अर्ब ७४ करोडको सेयर कारोबार

अर्थ संसार

बुधबार, २६ असार २०८१, १५ : १९ मा प्रकाशित

२२ सय बिन्दुको लक्ष्य ताक्दै नेप्से,५ अर्ब ७४ करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अकंले बढेर २१७५.४० बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ

आज सबैभन्दा धेरै आथवे इन्भेष्टमेन्टको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एविएल डिबेञ्चरका इकाईधनीले ८.६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको