Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर कारोबार रोक्का ,यस्तो छ कारण

अर्थ संसार

बुधबार, २६ असार २०८१, १६ : ५९ मा प्रकाशित

दुई कम्पनीको सेयर कारोबार रोक्का ,यस्तो छ कारण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।  किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर कार्य सम्पन्न भई असार २७ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले यी दुई कम्पनीको सेयर कारोबार भोलि अर्थात् असार २७ गते देखिनै रोक्का हुने भएको हो ।  मातृभूमि  लघुवित्त वित्तीय सस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३ं) बमोजिम यी दुई कम्पनीको सेयर कारोबार असार २७ गतेदेखि लागू हुने गरी रोक्का गर्ने जनाएको छ ।  

जाल्पाको १ कित्ता सेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा दुबै कम्पनी  एकआपसमा मर्ज भएका हुन । 

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको