बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस