Like us!
Follow us!
Connect us!
Watch us!

२२०० बिन्दु माथि उक्लियो नेप्से,कारोबार रकम ७ अर्ब ८ करोड

अर्थ संसार

विहीबार, २७ असार २०८१, १५ : १६ मा प्रकाशित

२२०० बिन्दु माथि उक्लियो नेप्से,कारोबार रकम ७ अर्ब ८ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अकंले बढेर २२०४.६१ बिन्दुमा बन्द भएको छ । आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोडको कारोबार भएको छ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन सुपर ३० का इकाईधनीले ९.९७ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फण्डका इकाईधनीले ९.८३ प्रतिशतका दरले कमाएका छ् ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको