Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको मूल्य १ लाख ४६ हजार

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, ११ : १७ मा प्रकाशित

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको मूल्य १ लाख ४६ हजार

नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।  बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्यले   शुक्रबार १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला  १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त मूल्य हालसम्म कै उच्च हो । यसअघि असार २३ गते १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको