Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ३० असार २०८१, ११ : ३३ मा प्रकाशित

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं या बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको