Like us!
Follow us!
Connect us!
Watch us!

साउनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, एभरेस्ट र कृषिले बढाए

अर्थ संसार

सोमबार, ३१ असार २०८१, ०९ : ३१ मा प्रकाशित

साउनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, एभरेस्ट र कृषिले बढाए

बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको ब्याजदरमध्ये १३ वटाले घटाएका छन् ।

बढाउनेमा एभरेस्ट र कृषि विकास बैंक छन् भने ५ बैंकले यथावत राखेका छन् ।

प्रकाशित ब्याजदरमध्ये सबैभन्दा बढी ब्याज व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया र एमएमबि बैंकले दिने घोषणा गरेका छन् । यस अवधिमा सबैभन्दा बढी दरले ब्याजदर घटाउने बैंक हिमालयन बनेको छ भने कृषि विकास बैंकले सर्वाधिक दरले ब्याजदर बढाएको छ ।

साउनमा सबैभन्दा कम ब्याज राष्ट्रिय वाणिज्य बैंकले दिने घोषणा गरेको छ ।

साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् ।

नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत  प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याज तोकेको थियो । ग्लोबल आइएमई बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।  यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो । प्रभु बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । सानिमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो ।

नेपाल बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो । सिटिजन्स बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो । एभरेष्ट बैंकले संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो ।

नेपाल एसबीआई बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । लक्ष्मी सनराइज बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । माछापुच्छ्रे बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । एनएमबी बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६६ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । हिमालयन बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज तोकेको थियो ।

कुमारी बैंकले संस्थागततर्फ ५.५६ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.६१ प्रतिशत र व्यक्तिगततर्फ ६.७६ प्रतिशत ब्याज तोकेको थियो । प्राइम बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको थियो ।एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६९ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको