Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको मूल्य १ लाख ४६ हजार ९सय

अर्थ संसार

सोमबार, ३१ असार २०८१, ११ : २९ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको मूल्य १ लाख ४६ हजार ९सय

नेपाली बजारमा सोमबार सुनको मूल्य रेकर्ड बिन्दुमा पुगेको छ ।  आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँ बढेर रेकर्ड बिन्दुमा पुगेको हो । यसअघि गत शुक्रबार सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको छ । 
सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको