Like us!
Follow us!
Connect us!
Watch us!

ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकले के के गर्यो निर्णय?

अर्थ संसार

सोमबार, ३१ असार २०८१, २० : ०६ मा प्रकाशित

ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकले के के गर्यो निर्णय?

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको छ। 

आजको बैठकको निर्णयबारे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका थिए। बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय गरेको छ। साथै,बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि सरकारले निर्णय गरेको छ।

तेस्तै आजकै बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ। 

तेस्तै,कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ। 

यो बाहेक मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय गरिएको समेत भएको छ।  

बैठकले जाजरकोटका भूकम्प पीडितलाई दोस्रो र तेस्रो किस्ता राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको