Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोला सुन किन्न १ लाख ४७ हजार ८ सय खर्चिनुपर्ने

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १० : ५१ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोला सुन किन्न १ लाख ४७ हजार ८ सय खर्चिनुपर्ने

नेपाली बजारमा कसुनको मूल्य आकासिदै गएको छ । मंगलबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला ९ सय रुपैयाँले बढेसँगै  रेकर्ड मूल्य कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसारमंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको