Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति शुक्रबार ल्याउने तयारीमा राष्ट्र बैंक

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ११ : ३३ मा प्रकाशित

मौद्रिक नीति  शुक्रबार ल्याउने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति  शुक्रबार (४ साउन) मै ल्याउने भएको छ । भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको छ । मौद्रिक नीतिको विषयमा निर्क्यौल गर्न आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बस्दैछ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी सार्वजनिक गरिनेछ ।

यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो । मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको नाम नखुलाउने सर्तमा केन्द्रीय बैंक एक कर्मचारीले  जानकारी दिए  । 

त्यस्तै उनले यो पटक लचिलो निति आउने पनी जानकारी दिए ,‘गभर्नरले पहिलो कार्यकालमा अत्यन्तै लचिलो मौद्रिक नीति ल्याउनुभयो, त्यसपछी त्यस्तो भएन,अहिले यो उहाँको कार्यकालको अन्तिम मौद्रिक नीति लचिलो ल्याउँदै हुनुहुन्छ’

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ । 

बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

मंगलबार साँझ मन्त्रीसँग छलफल गर्नुअघि गभर्नर अधिकारीले बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पछि भेटघाट गरेका थिए । केही दिनअघि राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गरेका थियो ।  

राष्ट्रबैंकले प्रत्येक आर्थिक वर्षको साउन १५ गतेभित्र मौद्रिक नीति ल्याउने गर्दछ । यसपटक भने  नवनियुक्त अर्थमन्त्री र गभर्नरबीच चाँडै कुरा मिल्दा साउन ४ गते नै सार्वजनिक हुने अवस्था बनेको देखिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको