Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार समय मै नेप्सेले गर्यो १४ ब्रोकरलाई निलम्बन, लगानीकर्ता सेयरकिनबेच गर्नबाट बन्चित

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १५ : १८ मा प्रकाशित

कारोबार समय मै नेप्सेले गर्यो १४ ब्रोकरलाई निलम्बन, लगानीकर्ता सेयरकिनबेच गर्नबाट बन्चित

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले १४ ब्रोकर कम्पनीको कारोबार बिहिबारको लागि रोक्का गरेको छ। नेप्सेले ब्रोकर नम्बर ३,५, ८,२९,३२,३४, ३५,४१,४४,४५,५१,६५,६८ र ६९ लाई कारबाही गर्दै निलम्बन गरेको छ। 

बिहिबार कारोबार समय मै यी ब्रोकर कम्पनी निलम्बित हुँदा पुग्दा, धेरै नै लगानीकर्ताहरु आफ्नो सेयर किनबेच गर्नबाट बन्चित हुन पुगेका छन्। 

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ।  ब्रोकर कम्पनीले नेप्सेबाट स्वकृति लिमिट सकिएपछि यी १४ ब्रोकर कम्पनीहरु बिहिबारलाई निलम्बन गरेको हो। 

ब्रोकर कम्पनीहरुले लिमिटको व्यस्थापन गर्न नसक्दा लगानीकर्तालाई असर गर्न गएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको