Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा करिब ५ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, १३ : ०७ मा प्रकाशित

एक वर्षमा करिब ५ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

गत आर्थिक वर्ष २०८०।८१ सेयर बजारका लागि खासै उत्साहजनक रहेन। यो वर्षभरि नै करिब करिब साइडवेजमा चलेको बजार अन्त्य अन्त्यतिर भने गति लिन थालेको हो। 

धितोपत्र बजारमा गत आर्थिक वर्षमा नेप्से परिसूचक ६.८३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन अर्थात सोमबार असार ३१ गते २ हजार २४०.४१ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १३ मध्ये नौ वटा उपसमूहहरु बढेका छन् । बाँकी चार वटामा उपसमूहमा भने गिरावट आएको छ ।

गत आर्थिक वर्ष सेन्सेटिभ इण्डेक्स पनि ०.७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष वित्त उपसमूहको परिसूचक सर्वाधिक ३५.२६ प्रतिशतले बढेको छ । असार ३१ गतेसम्ममा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने बजार पूँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ थियो । हाल दोस्रो बजारमा २४३ कम्पनीहरु सूचीकृत छन् ।  

 यसैगरी, म्युचुअल फन्ड ३४.७९ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार उत्पादन तथा प्रशोधन र लघुवित्त समूह क्रमशः १९.३४ र १८.९९ प्रतिशतले बढेका छन् । त्यस्तै हाइड्रोपावर १७.५९ प्रतिशत, ट्रेडिङ समूह १५.५७ प्रतिशत, लगानी १४.४३, विकास बैंक १३.८२ र अन्य समूहहरु ९.३७ प्रतिशतले बढेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको