Like us!
Follow us!
Connect us!
Watch us!

किन रोकिएको थियो मौद्रिक नीति ? अब कहिले हुन्छ सार्वजनिक ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १२ : ५७ मा प्रकाशित

किन रोकिएको थियो मौद्रिक नीति ? अब कहिले हुन्छ सार्वजनिक   ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि तयारी पूरा गरेर मौद्रिक नीति सार्वजनिक गर्ने योजनासाथ गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको थियो, तोकिएकै समयमा बैठक बस्यो तर अन्तिम समयमा आएर तयारी पूरा नभएको भन्दै मौद्रिक नीति रोकेको थियो । यो किन रोकियो र अब कहिले आउँछ भन्ने चासो सबैले देखाएका छन् ।

राष्ट्र बैंक स्रोतका अनुसार भने छलफल लगायत अन्य तयारी सकिएकाले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक हुनेछ ।
केन्द्रीय बैंकले तयारी नपुगेकाले मौद्रिक नीति रोकिएको जवाफ दिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकारमा डा. युवराज खतिवडा नियुक्त भएसँगै सरकारले मौद्रिक नीतिमा चासो राखेकाले मौद्रिक नीति रोकिएको आंकलन गरिएको छ ।

गत शुक्रबार नै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेपनि यसबारे बोर्ड बैठकमा छलफल नै भएन ।सरकार परिवर्तन भएसंगै केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थतन्त्रको सुधारका लागि चालू आर्थिक बर्षको बजेट र मौद्रिक नितिमा केही हेरफेर र परिमार्जन गरेर मौद्रिक नीति बजारको अपेक्षा अनुरुप ल्याउने गरी तयारी गरेको बताइएपनी निति सार्वजनीक नहुँदासम्म यकिन गर्ने माहोल भने छैन् ।  

अघिल्लो सरकारका अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत गरेको बजेटमा समेत केही परिमार्जन गरेर राष्ट्र बैकको मौद्रिक नीति अहिलेको बजारको माग अनुरुपको आउनु पर्ने बुझाई सरकारको छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार खतिवडाले गभर्नर अधिकारीले ल्याउन लागेको मौद्रिक नीतिमा चासो राखेपछी मौद्रिक नीति सार्वजनिक गर्ने दिन लम्बिएको राष्ट्र बैंक स्रोतले जनाएको छ  । 

गभर्नर अधिकारी अर्थमन्त्री पौडेलसँग नजिकको सम्बन्ध राख्छन् । साथै डा.खतिवडासँग पनि नजिकको सम्बन्ध छ । अधिकारीले गभर्नरको कार्यकाल दोहोराउन चाहेको र त्यसका लागि अहिले नजिक बनेर काम गर्ने उपयुक्त अवसरको सुदपयोग गर्न पनि मौद्रिक नीति केही ढिला आउन लागेको जानकारहरू बताउँछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको