Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

अर्थ संसार

विहीबार, १० साउन २०८१, ११ : ०६ मा प्रकाशित

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन  प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको