Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति: २० करोडको सीमा खारेज

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, १३ : ०४ मा प्रकाशित

मौद्रिक नीति: २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २० करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् । 

नीतिमा भनिएको छ ,'धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थावाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको