Like us!
Follow us!
Connect us!
Watch us!

साउने सोमवारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०८ : ०३ मा प्रकाशित

साउने सोमवारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते

बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । भागदौड राति भएको हो । दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जेहानाबादका प्रहरी निरीक्षकले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् जबकि ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ । भागदौडमा आफ्नी एक महिला आफन्तको मृत्यु भएको एक व्यक्तिले बताएका छन् ।

‘प्रशासनको लापरवाहीका कारण यस्तो भएको हो । त्यहाँ उपस्थित मानिसहरूले मलाई भने कि प्रशासनले सुरक्षाको लागि राष्ट्रिय क्याडेट कोरका मानिसहरूलाई तैनाथ गरेको थियो र उनीहरूले भक्तहरूमाथि लाठीहरू प्रयोग गरे। जसका कारण मानिसहरु दौडन थालेका थिए भने केही लडेका थिए । यो नितान्त प्रशासनको दोष हो’ उनले भने ।

साउनको समयमा यस मन्दिरमा भक्तजनको ठुलो भीड हुन्छ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार यहाँ धेरै मानिस पूजा गर्न आएका थिए र यो दुर्घटना भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको