Like us!
Follow us!
Connect us!
Watch us!

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन नियमावली फेर्ने बोर्डको तयारी

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ११ : ५४ मा प्रकाशित

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन नियमावली फेर्ने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी नियमावली तथा निर्देशिका परिमार्जन गर्ने भएको छ । यो प्रक्रियाबाट प्राथमिक सेयर निष्कासन गरेका कम्पनीहरूको मूल्य निर्धारण प्रक्रियामा विवाद भइरहेका बेला बोर्डले सम्बन्धित नियमावली र निर्देशिका परिमार्जन गर्न लागेको हो । 

धितोपत्र बोर्डका अनुसार योग्य संस्थागत लगानीकर्ताले पाउने सेयर र सर्वसाधारणले पाउने शेयरको अनुपात फेरबदल हुने सम्भावना छ । मूल्य निर्धारण प्रक्रियामा पनि बोर्डले मिलेमतो भएको आशंका गरेको छ। मूल्य निर्धारण प्रक्रियामा पनि केही फेरबदल हुन सक्ने बताइन्छ ।

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्दा मूल्य निर्धारण गर्ने एउटा वैकल्पिक विधि हो । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना, संकलन र अभिलेख गर्छ । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्दै आएको छ ।

हालसम्म सर्वोत्तम सिमेन्टले मात्र बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको छ।  यो विधिमार्फत आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएका र सेयर निष्कासन गरिसकेका कम्पनीहरूको सेयरको मूल्य निर्धारण सम्बन्धमा प्रश्न उठिरहेको छ । गत असारमा धितोपत्र बोर्डले रिलायन्स स्पिनिङको आईपीओ निष्कासन रोकेको छ । कम्पनीको मूल्य महँगो भएको भन्दै मूल्य निर्धारण विधि मै प्रश्न उठेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्न सकेको छैन । धितोपत्र बोर्ड आफैले अनिश्चितकालको लागि कम्पनीको आईपीओ रोकेको छ।

त्यस्तै बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्ने तयारी गरेको छ ।  यसबारे सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी Standards/Guidelines तयार गर्ने बोर्डको तयारी छ ।

विवादका कारण सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सकेको छैन । गत पुस २० यता बोर्डको अध्यक्ष पद रिक्त छ । त्यसयता अपवादबाहेक बोर्डले नयाँ लाइसेन्स, सेयर निष्कासन अनुमति, कारबाहीलगायत काम गर्न सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको