Like us!
Follow us!
Connect us!
Watch us!

धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो : गगन थापा

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १४ : ३८ मा प्रकाशित

धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धोखा दिनेले उथलपुथल गर्दा नयाँ सरकार बनेको बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उनले आफू यो सरकार बनाउन धेरै नलागेको भएपनी नयाँ सरकार बनेपछिको परिणाम ठीक भएको  बताए ।

उनले भने, ‘ ‘मैले अर्थ मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दा ६७ महिनापछि यो बजेटको भारी बोक्नुपर्नेछ । त्यसैले के बोल्नु अलमलिरहेको छु भनेको थिएँ । त्यसबेलामा एक जना एमालेका माननीयले पशुपतिनाथमा धुप बाले पनि यो गठबन्धन केही हुँदैन भनेर मलाई खुइल्याउनुभयो । मेरो अनुमानको आधार पनि थियो । माननीय रमेश लेखकले धोखा खानेहरु मिल्नुभयो भने तपाईंको के होला भनेर सोध्नुभएकै प्रश्नभित्र मेरो अनुमान थियो, तर यति छिटो यस्तो होला भन्ने लागेको थिएन । धोका खानेहरु यति छिटो आत्तिसकेको अवस्था बनिसकेको थियो । धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो । म यो सरकार बनाउन धेरै लागेको होइन, तर परिणाम ठीक छ भन्नेमा छु ।’

महामन्त्री थापाले अब कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको