लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत ४९ लघुवित्त मध्ये ४६ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको लाभांश वितरण गर्ने क्षमता पनि बढ्दै गएको देखिन्छ । कम्पनीहरुको लाभांश वितरण गर्ने क्षमता उच्च देखिए पनि यी कम्पनीले क्षमता अनुसार सबै लाभांश दिन भने पाउँदैनन् ।
गत आर्थिक वर्ष भरीको वित्तीय विवरणमा लाभांश क्षमता समेत प्रकाशित गरेका ३० लघुवित्तमध्ये चार वटाको लाभांश क्षमता भने शून्य देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको लघुवित्तमध्ये लाभांश क्षमता ऋणात्मक भएकाले अभियान, एनएमबी, सामुदायिक र धौलागिरी लघुवित्तका लगानीकर्ताले लाभांश नपाउने देखिएको छ ।
लाभांश क्षमतामा कति ?
वित्तीय विवरण सार्वजनिक भएका ४६ लघुवित्तमध्ये नेष्डो समृद्धि लघुवित्तको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले सेयरधनीलाई १७७.५५ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ । यस्तै दोस्रो बढी लाभांश क्षमता युनिक नेपाल लघुवित्तको देखिएको छ । यस लघुवित्तको १२५.५६ प्रतिशत लाभांश क्षमता रहेको लघुवित्तले जनाएको छ । तेस्रो बढी लाभांश क्षमता छिमेक लघुवित्तको ५७.६४ प्रतिशत छ भने साना किसानको लाभांश वितरण गर्ने क्षमता ४५.४४ प्रतिशत छ ।
स्वाबलम्बन लघुवित्तको ३३.११ प्रतिशत लाभांश क्षमता भने नेसनल लघुवित्तको २९.२५ प्रतिशत लाभांश क्षमता रहेको छ । महिला लघुवित्तको लाभांश क्षमता २८.६१ प्रतिशत रहेको छ । यस्तै,गुराँस, फर्वार्ड, एनआईसी एसिया, मिथिला, आशा, समाज, आरम्भ चौतारी, सर्पोट र आत्मनिर्भर लघुवित्तको लाभांश क्षमता २० प्रतिशतभन्दा बढी रहेको छ । मातृभूमिको १६,नाडेपले १५,मेरो १४, फस्ट माइक्रो ११,आरएसडीसीले १० र ग्लोबल आईएमइ लघुवित्तकोे १० प्रतिशत लाभांश क्षमता रहेको छ । कालिका लघुवित्तको ९ प्रतिशत, इन्फिनिटी लघुवित्तको ६ लक्ष्मी, नेरुडे मिर्मिरे र गणपति लघुवित्तको लाभांश क्षमता भने ५ प्रतिशत भन्दा पनि तल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस