Like us!
Follow us!
Connect us!
Watch us!

एकैपटक ६० जना सहसचिवको सरुवा,को कहाँ पठाइए ?

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १४ : ३१ मा प्रकाशित

एकैपटक ६० जना सहसचिवको सरुवा,को कहाँ पठाइए ?

सरकारकाले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ६० जनाको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको हो । 

सरुवा भएर गृह र अर्थ मन्त्रालयका जाने सहसचिवको सङ्ख्या धेरै छ भने गृह र अर्थबाट केही सहसचिव बाहिरिएका छन्।  केन्द्रबाट झण्डै एक दर्जन सहसचिवलाई प्रदेशमा पठाइएको छ भने प्रदेशका एक दर्जनलाई केन्द्रमा ल्याइएको छ। अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेका महत्त्वपूर्ण र संवेदनशील विभागको महानिर्देशक परिवर्तन गरिएको छ।

जस अनुसार आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरूको अन्यत्र सरुवा गरेर त्यहाँ नयाँ महानिर्देशक ल्याइएको छ। सरुवा भएकाहरूको नाम भने गोप्य राखिएको छ । यसै गरी विभिन्न देशमा ४ जनालाई महावाणिज्यदूतमा समेत सिफारिस गरिएको छ।

यसै गरी .रामकृष्ण लामिछानेलाई पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नै ल्याइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको