Like us!
Follow us!
Connect us!
Watch us!

बजारको हट केक 'अपि'को लाभासं नीति: दिए बोनस नै दिने

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, ०६ : ३६ मा प्रकाशित

बजारको हट केक 'अपि'को लाभासं नीति: दिए बोनस नै दिने

अपि पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्राेपावर समूह अन्तर्गत सूचिकृत पब्लिक कम्पनी हाे । दाेश्राे बजारमा कम्पनीकाे पाँच कराेड ७८ लाख ६५ हजार ९ सय ७९ कित्ता सेयर सूचिकृत छ । 

नेप्सेमा सर्वाधिक काराेबार हुनेकाे सूचीमा अपि पावर पनि निरन्तर देखिरहने कम्पनी हो। 

अपि पावर सेयर बजारमा सूचिकृत कम्पनीहरु मध्य पनि आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांस घोषणा गर्ने पहिलो कम्पनी बनेको छ। अपिले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो। 

कम्पनीकाे लाभांश इतिहास
कम्पनीकाे लाभांश इतिहास नियाल्दा हरेक वर्ष जसो लाभांश वितरण गर्नेमा कम्पनीमा अपि पावर पनि पर्दछ । हालको घोषणा समेतलाई गणना गर्दा कम्पनीले  ८ आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । 

जसमध्ये, कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा १०.५ प्रतिशत बाेनस सेयर र ० . ५५ नगद गरेर ११ . ०५ प्रतिशत लाभासं वितरण गरेकाे थियाे। 

यस्ताे छ अपि पावर वर्षिय लाभांश इतिहास :

१. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयरवितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ० . २६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस र ०.४७ प्रतिशत नगद गरि कूल ९ . ४७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० . ५ प्रतिशत बाेनस र ० . ५५ प्रतिशत नगद गरि कूल ११ . ०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७ . ५ प्रतिशत बाेनस र ०.३९४७ प्रतिशत नगद गरि कूल ७.८९४७ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

८ . आर्थिक वर्ष २०७९ /८०  : आर्थिक वर्ष २०७९ /८० मा भने कम्पनीले आफ्ना  सेयरधनीहरूलाई केहि पनि दिएन। 

९. आर्थिक वर्ष २०८० /८१ : आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८.६५ करोडको सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। 

कम्पनीले अपर चमेलिया निर्माणको लागि विभिन्न ४ चरणमा हकप्रद पनि निष्काशन गरेको छ । 

अपि पावर: ७ कम्पनीमा सेयर लगानी, झम्सिखेलमा अपार्टमेन्ट निर्माण गर्दै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको