Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र आइ केयर सेन्टरबीच छुट सम्झौता,कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट पाउने

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १७ : ५५ मा प्रकाशित

कुमारी बैंक र आइ केयर सेन्टरबीच छुट सम्झौता,कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट पाउने

कुमारी बैंक लिमिटेड र  काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि.बिच सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदानगरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको