Like us!
Follow us!
Connect us!
Watch us!

बञ्चरेडाँडा ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट, सिसिटिभी जडान

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०८ : १५ मा प्रकाशित

बञ्चरेडाँडा ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट, सिसिटिभी जडान

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ।

फोहोर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गरिएको हो । 

साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसारस्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको हो।

क्यामराबाट प्राप्त दृश्यहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ। यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ। 

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन्। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुन्छ। 

पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन्। सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ। यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ। नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको