Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले तीजको अवसरमा ल्यायो क्यास ब्याक योजना

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १३ : १३ मा प्रकाशित

कुमारी बैंकले तीजको अवसरमा ल्यायो क्यास ब्याक योजना

कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंक लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई  १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ ।

यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको