Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०९ : १२ मा प्रकाशित

एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  

यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेलले जनाएको छ ।  

शिविरमा  नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । शिविरमा सहभागीहरूले परामर्शअनुसारको आवश्यक निःशुल्क औषधि पनि पाएका थिए ।  यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मदत गर्ने बताइएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य तीन विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको