Like us!
Follow us!
Connect us!
Watch us!

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी,लिखित स्पष्टीकरण पेस गर्न सात दिनको समय

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १२ : ०४ मा प्रकाशित

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी,लिखित स्पष्टीकरण पेस गर्न सात दिनको समय

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । 

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको भन्दै कालोसूचीमा राख्ने तयारी गरेको सूचनामा उल्लेख गरिएको छ।

कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

 

66e7d1347d86c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको