Like us!
Follow us!
Connect us!
Watch us!

मध्यरातमा रविको प्रधानमन्त्री ओलीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०८ : ०८ मा प्रकाशित

मध्यरातमा रविको प्रधानमन्त्री ओलीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन् ।

गएराती सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि...’

आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।

यसैबीच उपसभापति डा. स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको