Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १० : २० मा प्रकाशित

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति  ?

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ ।

असोज महिनामा ६.३९८ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशत विन्दुमा झरेको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा यस्तो ब्याजदर ०.२१० प्रतिशत विन्दुले घटेको हो।

यस्तो छ बैंकहरूको नयाँ ब्याजदर

कुमारी बैंक
कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको हो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ । यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम भएको छ ।

प्रभु बैंक

प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।  यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याज दिनेछ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.२७ प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ । अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंक

नबिल बैंकले साधारण बचत खाता र एकवर्ष अवधिका सबै निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ ।  

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले साधारण बचत खाता र एकवर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

यस अनुसार कात्तिकका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले यो पटक सबै प्रकारका ब्याजदर घटाएको छ । बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एक–एक प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.१५ प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । नयाँ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक कात्तिक महिनाका लागि बचत खातामा ०.००५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याज घटाएको छ ।  यस अनुसार बैंकले कात्तिक महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशत विन्दुले ब्याज घटाएको हो । आगामी महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर यथावत् रहनेछ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याजदरलाई भने क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ । बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर कात्तिक महिनामा लागि यथावत् राखेको छ । अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५० प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो ।

नेपाल बैंक

नेपाल बैंकले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको