Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो रेकर्ड, तोलाकै १ लाख ६२ हजार नजिक

अर्थ संसार

बुधबार, ३० असोज २०८१, ११ : १९ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो रेकर्ड, तोलाकै १ लाख ६२ हजार नजिक

नेपाली बजारमा सुनको मूल्यले फेरी पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेर नयाँ रेर्कड बनाएको हो । 

आज बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँले रेकर्ड बनाएको थियो ।

अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९५० कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको