Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय सूचकमा अब्बल बन्दै ग्लोबल आइएमई बैंक,वितरणयोग्य मुनाफा १ अर्ब बढी हुदाँ इपीएस कति ?

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १० : ४२ मा प्रकाशित

वित्तीय सूचकमा अब्बल बन्दै ग्लोबल आइएमई बैंक,वितरणयोग्य मुनाफा १ अर्ब बढी हुदाँ इपीएस कति  ?

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

जसले बैंकको वित्तीय प्रगति र वर्तमान वित्तीय स्थिति स्पष्ट देखाएको छ। बैंकले यस अवधिमा केही क्षेत्रहरूमा चुनौती सामना गर्नुपरेको भए पनि, मुनाफा र प्रतिफलमा सुधार गर्दै कुल वित्तीय प्रदर्शनमा उत्कृष्टता कायम गरेको छ।

खुद नाफामा २३.३६% वृद्धि

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा गिरावट/खुद नाफामा वृद्धि
 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ।

इम्पेरमेन्ट चार्जमा कमी

कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेको छ।खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा भने बढ्न पुगेको हो।

सञ्चालन मुनाफा

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको सञ्चालन मुनाफा १९.४० प्रतिशत बढेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

प्रतिसेयर आम्दानी (EPS) मा ३ रुपैयाँ ३ पैसाको वृद्धि

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ।

प्रतिसेयर नेटवर्थ  १७४ रुपैयाँ २० पैसा पुग्यो 

असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

वितरणयोग्य मुनाफा 

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।

चुक्ता पूँजी/जगेडा कोष

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ।

निक्षेप संकलन र कर्जा लगानी 

समीक्षा अवधिसम्म बैंकको निक्षेप ५.२३ प्रतिशत र कर्जा तथा सापटी ७.५५ प्रतिशत बढेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको