Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराईज बैंकको खराब कर्जाले नाघ्यो सिमा,पहिलो त्रैमासमै पुग्यो ५.४४ प्रतिशत

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ११ : ४७ मा प्रकाशित

लक्ष्मी सनराईज बैंकको खराब कर्जाले नाघ्यो सिमा,पहिलो त्रैमासमै पुग्यो ५.४४ प्रतिशत

लक्ष्मी सनराइज बैंक खराब कर्जा बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा बढेको  हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै लक्ष्मी सनराइज बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो।

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।  पहिलो त्रैमासमा नै खराब कर्जा ५.४४ प्रतिशत पुगेकाले लक्ष्मी सनराइज बैंक राष्ट्र बैंक निगरानीभित्र पर्ने देखिएको छ। गत वर्षको दोस्रो त्रैमासमा पनि लक्ष्मी सनराइजको खराब कर्जा ५ प्रतिशतभन्दामाथि पुगेको थियो तर त्यतिबेला बैंकले तेस्रो त्रैमासमा आएर सुधार गरेको थियो। 

खुद नाफा

बैंकको खराब कर्जा बढेपनि खुद नाफामा भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले  ५३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १० करोड ३० लाख खुद नाफा गरेको थियो। 

वितरणयोग्य नाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड कायम भएको छ। गतवर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।

पहिलो त्रैमासमा बैंकको ब्याज आम्दानी तथा खर्च भने गत वर्षको तुलनामा घटेको छ ।  बैंकले इम्पियरमेन्ट चार्ज राइट ब्याक गरेकाले बैंकको नाफामा भने सुधार देखिएको हो। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको