Like us!
Follow us!
Connect us!
Watch us!

१७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, ११ : १० मा प्रकाशित

१७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । 

कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो । स्पष्टीकरण पेश नगरेमा कानुनी प्रकृयाअनुसार कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ।

‘सार्वजनिक नियकाबाट कालोसूचीमा राख्न सिफारिएका भएका तर कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरुको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ,’ कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ । 

671f21789e693.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको