Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, ११ : ५४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

ग्लोबल आइएमई बैंकले बुक क्लोज मिति तय गरेको छ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । अर्थात मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञम प्रतिष्ठान कमलादीमा हुनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको