Like us!
Follow us!
Connect us!
Watch us!

७ वाणिज्य बैंकको लाभांश घोषणा, स्ट्याण्डर्ड चार्टर्डको २५.५ प्रतिशत,अन्य कुनले कति दिदैछन् ?

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ०८ : २६ मा प्रकाशित

७ वाणिज्य बैंकको लाभांश घोषणा, स्ट्याण्डर्ड चार्टर्डको २५.५ प्रतिशत,अन्य कुनले कति दिदैछन् ?

हालसम्म नेप्सेमा सूचीकृत ७ बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्नेमा एभरेस्ट, नबिल, ग्लोबल आइएमई, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम र सिटिजन्स बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।  

यी बैंकको लाभांश इतिहास हेर्दा स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश गत वर्षको तुलनामा बढेको छ भने अरुको घटेको छ । 

हाल सञ्चालनमा २० वाणिज्य बैंक भए पनि १९ वटा मात्र धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् । राष्ट्रिय वाणिज्य बैंक धितोपत्र दोस्रो बजारमा सूचीकृत छैन । यो बैंकले घोषण गरेको लाभांश नेपाल सरकारले प्राप्त गर्नेछ । राष्ट्रिय वाणिज्य बैंकको लाभांश सर्वसाधारणले पाउँदैनन् ।

स्टान्डर्ड  चार्टर्ड बैंक

हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै लाभांश यहि स्टान्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको छ । चार्टर्डले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५० प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकले अघिल्लो वर्ष लगानीकर्तालाई १९ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो । 

एभरेष्ट बैंक

लाभांश घोषणा गर्नेमध्ये दोस्रो धेरै लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक रहेको छ । यस बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र करसहित ५.५३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५३ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको उक्त लाभांश साधारण सभाबाट पारित भएर पनि नगद लाभांश लगानीकर्ताको खातामा जम्मा गरिसकेको छ । अघिल्लो वर्ष यस बैंकले १० प्रतिशत बोनस सेयर र करसहित १०.५३ प्रतिशत नगद लाभांश दिएको थियो । 

नबिल बैंक

बिल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।  उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

यो बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो । 

नबिल बैंकको यो वर्षको लाभांश १० वर्षयताकै कम हो । यो बैंकले विगतका वर्षमा ४८ प्रतिशतसम्म लभांश दिएको थियो ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ । अघिल्लो वर्ष यस बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश दिएको थियो । बैंकले हाल प्रस्ताव गरेको लाभांश १० वर्षयताकै कम हो । अघिल्लो वर्ष बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । अघिल्लो वर्ष यस बैंकले लगानीकर्तालाई कुनै लाभांश घोषणा गरेको थिएन ।  

सिटिजन्स बैंक

सिटिजन्स बैंकले घोषणा गरेको ४.२१ प्रतिशत लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  यो वर्ष दिएको बैंकको लाभांशदर १० वर्षयताकै न्यून हो ।

निफ्राले दिएन लाभांश 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

यो निर्णयले बैंकका लगानीकर्तालाई निराश बनाएको छ । दोस्रो बजारमा सूचीकृत भएयता निफ्राले प्रत्येक वर्ष लाभांश दिँदै आएको थियो । गत वर्ष निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिएकोे थियो । निफ्राले त्यसअघि ०७९ मा पनि ४.२१०५ प्रतिशत नगद लाभांश दिएको थियो । ०७८ मा भने यो बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको