Like us!
Follow us!
Connect us!
Watch us!

कालोसूचीमा परे १८ ठेकेदार कम्पनी, २ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, १० : १४ मा प्रकाशित

कालोसूचीमा परे १८ ठेकेदार कम्पनी, २ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज कात्तिक २३ गते एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षसम्मको अवधिका लागि बिरुवा कन्स्ट्रक्सन सहित १८ वटा कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

कार्यालयले ४ वटा ठेकेदार कम्पनीलाई साढे दुई वर्ष, २ वटा कम्पनीलाई दुई वर्ष, ५ वटा कम्पनीलाई साढे १ वर्ष र ७ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।

यसरी कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीदका कारबाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ।

कुन कुन परे ?

672d94adc24b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको