Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा,अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : २५ मा प्रकाशित

५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा,अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ।

बैंकले ७ वर्षे अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

निफ्राले ‘निफ्रा ऊर्जा डिबेन्चर – २०८८/८९’नाम ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा  भने निफ्राले  एनआईएमबि एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको