Like us!
Follow us!
Connect us!
Watch us!

व्यापार बढ्दा पनि खुम्चियो होटलहरुको नाफा, कस्तो छ सूचीकृत ६ कम्पनीको वित्तीय रिपोर्ट ?

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १३ : १९ मा प्रकाशित

व्यापार बढ्दा पनि खुम्चियो होटलहरुको नाफा, कस्तो छ सूचीकृत ६ कम्पनीको वित्तीय रिपोर्ट ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सूचीकृत होटेलहरुको व्यापारमा वृद्धि भएको देखिएता पनि नाफामा भने संकुचन देखिएको छ । नेप्सेमा सूचीकृत होटलहरुको नाफा १२.९९ प्रतिशतले ओरालो लागेको हो ।

हाल  नेप्सेमा सोल्टी, तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी होटेल गरेर ६ वटा होटलहरु सूचीकृत छन् । 

चालु आर्थिक वर्षको तीन महिनामा यी होटेलहरुले कुल १२ करोड ७७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले कम हो ।  गत आवको पहिलो तीन महिनामा होटेलहरुको नाफा १४ करोड ६८ लाख ३२ हजार रुपैयाँ रहेको थियो । 

यो अवधिमा  यी होटेलहरूको व्यापार भने ५.०८ प्रतिशतले वृद्धि भएर १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा होटेलहरूको व्यापार १ अर्ब २४ करोड ७९ लाख रुपैयाँ रहेको थियो । 

खुद नाफा कसको कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा सोल्टी होटलले कमाएको छ ।  यसले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । यो अवधिमा तारागाउँ रिजेन्सि ४ करोड ५६ लाख, चन्द्रागिरि हिल्स २ करोड ५५ लाख र ओरियन्टल होटल ३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै,यो अवधिमा कालिन्चोक दर्शन र सिटी होटल भने नोक्सानमा रहेका छन् । कालिन्चोक ८५ लाख ७० हजार र सिटि होटल ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ नोक्सानमा रहेका छन् । 

व्यापार कसको कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा होटल तथा पर्यटन समूहमा रहेका कम्पनीमध्ये सोल्टी होटलले ५१ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । त्यस्तै, तारागाँउले २७ करोड ५२ लाख रुपैयाँ,ओरियन्टले २१ करोड रुपैयाँ, चन्द्रागिरि हिल्सले १९ करोड ५८ लाख रुपैयाँ, सिटि होटलले ११ करोड रुपैयाँ र कालिन्चोक दर्शनको ४० लाख रुपैयाँको बराबरको व्यापार गरेको
देखिएको छ ।

प्रतिसेयर आम्दानीमा तारागाँउ अगाडि

पहिलो त्रैमासमा तारागाँउ रिजेन्सीको प्रतिसेयर आम्दानी २.३३ रुपैयाँ देखिएको छ । चन्द्रागिरीको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ छ । कालिन्चेक दर्शन र सिटीको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ । यस्तै, चन्द्रागिरिको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ, सोल्टीको १.३० रुपैयाँ र ओरियन्टलको ०.०३ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको