Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सेयर बजार,कारोबार रकम ९ अर्ब १३ करोड माथि

अर्थ संसार

बुधबार, १९ मंसिर २०८१, १५ : ०७ मा प्रकाशित

घट्यो  सेयर बजार,कारोबार रकम ९ अर्ब १३ करोड माथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र एलआइसी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको