Like us!
Follow us!
Connect us!
Watch us!

२७३४ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १५ : १० मा प्रकाशित

२७३४ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अकंले घटेर २७३४.९३ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएको  थियो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको