Like us!
Follow us!
Connect us!
Watch us!

९.०७ प्रतिशतमा झर्‍यो कर्जाको औसत ब्याजदर,ओभर ड्राफ्टबाहेक सबैको सिंगल डिजिटमा आउँदा कुन क्षेत्रको कति ?

अर्थ संसार

शुक्रबार, २८ मंसिर २०८१, १२ : १६ मा प्रकाशित

९.०७ प्रतिशतमा झर्‍यो कर्जाको औसत ब्याजदर,ओभर ड्राफ्टबाहेक सबैको सिंगल डिजिटमा आउँदा कुन क्षेत्रको कति ?

बैंकहरुको कर्जाको ब्याजदर ९ प्रतिशतमा झरेको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार भदौ महिनामा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमै झरेको छ ।
बैंकका अनुसार चालु आवको कात्तिकमा बैंकहरुको औसत आधार दर घटेर ७.०३ प्रतिशतमा झरेको छ । गत वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९९ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन्। तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। यसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो । यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो ।
एक वर्षको अवधिमा मात्रै वाणिज्यहरुले लिने कर्जाको ब्याजदर २.८९  प्रतिशत विन्दुले घटेको हो । अघिल्लो कात्तिकमा वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत थियो । गत असारमा वाणिज्य बैंकहरुले जारी गर्ने कर्जाको ब्याजदर औसत ९.९३ प्रतिशत कायम भएको थियो । 

कुनको कति ?


राष्ट्र बैंकका अनुसार ओभर ड्राफ्ट कर्जाको ब्याजदर १०.०६ प्रतिशत कायम भएको छ । यसबाहेक सबै कर्जाको ब्याजदर एकल अंकमा झरेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ८.०४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा वर्गमा प्रवाह हुने कर्जाको १०.८६ प्रतिशत थियो । आवासीय कर्जाको ब्याजदर गत वर्षको कात्तिकमा १२.३१ प्रतिशत रहेकोमा यो वर्ष ९.४२ प्रतिशतमा झरेको छ । 

रियल स्टेट कर्जाको ब्याजदर ९.६० प्रतिशत रहेको छ ।    

सेयर धितो कर्जाको ब्याजदर पनि कात्तिकसम्म ९.१३  प्रतिशतमा झरेको छ । गत आवको कात्तिकमा सेयर धितो कर्जाको ब्याजदर १२.९२ प्रतिशत थियो । 

कात्तिकमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ९.५८ प्रतिशतमा आएको छ । अन्य प्रोडक्टको ब्याजदर साउनमा ९.६७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा आवधिक कर्जा ब्याजदर ९.३९ प्रतिशत कायम भएको छ ।  चालु पुँजी कर्जाको ब्याजदर पनि ८.७३ प्रतिशतमा झरेको छ । गत वर्षको कात्तिकमा १२.४७ प्रतिशत रहेको थियो । 

यसैगरी क्यास क्रेडिट कर्जाको ब्याजदर असारमा ९.२१ प्रतिशतमा झरेको छ । बिल खरिदतर्फको ब्याजदर पनि घटेर ९.२२ प्रतिशतमा आएको छ । क्षेत्रगत रुपमा सबैभन्दा कम ब्याजदर माछापालनको ८.२२ प्रतिशतमा झरेको छ । कृषि, वन र पेय पदार्थ उत्पादन, माछापालनको कर्जाको ब्याजदर ९ प्रतिशत तल छ । क्षेत्रगत रुपमा सबैभन्दा धेरै ब्याजदर रहेको उपभोग्य कर्जाको ब्याजदर समेत ९.९५ प्रतिशतमा झरेको छ ।

ब्याजदर घट्दा पनि कर्जाको माग भने अझै धेरै बढ्न नसकेको जानकारहरु बताउँछन्। पहिलेको भन्दा अहिले कर्जाको माग केहि बढेपनि अपेक्षित रुपमा भने माग भने आएको छ्रन् । त्यसले गर्दा नै बैंकहरुले अहिले पनि खर्बौ पैसा राष्ट्र बैंकमा राख्नुपरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको