सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट यसअघि प्रस्ताव गरेको लाभांश संशोघन गरेको छ ।
कम्पनीले यसअघि सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन भएको हो । अब कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.९६ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.९६ नगद लाभांश रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस