Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १० : ३३ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले विभिन्न पाँच जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। यसका लागि ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलमा निवेदन दिन सकिनेछ।

संस्थापक सेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको