Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १० : २५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न  वार्षिक साधारणसभा बोलाएको छ । 

लघुवित्तको सभा यही पुस २८ गते ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभामा लघुवित्तले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी,भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा समावेश छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको